NRN
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेन । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् । 

यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update