NRN
मंगलबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुनको मूल्ययसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update