कमल थापा लगायत नेताहरु रिहा भएपछि उपत्यका बन्दको कार्यक्रम फिर्ता

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।
आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ ०८:१०
प्रतिक्रिया दिनुहोस्