
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंस्थित नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट पूर्वगृहमन्त्रीसमेत रहेका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् । अध्यक्ष कमल थापासहित ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन' समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजीलगायतका माग राख्दै राजावादीहरूले प्रदर्शन गर्दै आएका छन् ।