NRN
देउवा निवासमा कर्मचारी युनियनको घेराउ

निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई घेरेको छ ।

नेपाल निजामती कर्मचारी युनियनको टोली निजामती विधेयकका सन्दर्भमा विभिन्न मागसहित आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका हुन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । यही मेसोमा युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर युनियनका सचिव झविन्द्र पोखरेलले निर्देशन दिने बताएका थिए ।

युनियनले निम्न बुँदालाई प्रमुख एजेण्डा बनाएको छ :-

  • अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने
  • ५८ वर्षबाट ६० वर्ष बनाउँदा क्रमश ६ महिना एक वर्ष र दुई वर्ष गरेर गर्नुपर्ने
  • एकपटकलाई अन्तर प्रदेश सरुवा खुला गरी आगामी दिनमा सोलाई व्यवस्थित गर्न प्रत्येक प्रदेशले जनसङ्ख्याको आधारमा आफ्नो आवश्यकता अनुसार समावेशी कोटा निर्धारण गर्नुपर्ने
  • १२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने
  • उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने
  • निजामती कर्मचारीको परिभाषा अन्तर्गत संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समेटी एक आपसमा अन्तरसम्बन्ध कायम गर्नुपर्ने 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update