आइतबार नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ८८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्