आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइने गृह मन्त्रालयले जनाएको छ ।
नेपाल राजपत्र (मिति २०८१/११/१५) मा प्रकाशित सूचनाअनुसार, उक्त जात्राको दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको हो ।
हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १३:५६
प्रतिक्रिया दिनुहोस्