शुक्रबार सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?
-1748583392.jpg)
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ८७ हजार आठ सय रूपैयाँ पुगेको थियो ।
यसैगरी, बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्