आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट आज (बिहीबार) सार्वजनिक हुँदै छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ ०७:१५
प्रतिक्रिया दिनुहोस्