NRN
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब दुई घन्टा ढिला गरी सुरू भए पनि विपक्षीहरूको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले मंगलबारदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन् ।

विपक्षीहरूले बिहीबार बजेट ल्याउन भने अवरोध नगर्ने बताइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update