NRN
संसद्मा कुरा राख्न नपाए पछि पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रस्टीकरण दिन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । 

बुधबार अपराह्न ५ बजे संघीय संसद भवन ल्होत्से हलमा उनले पत्रकार सम्मेलनको आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयमा रहेका व्यक्तिको नाम मुछिएको भन्दै प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन् ।

बुधबार बसेको बैठक पनि अवरोध भएको छ । उक्त बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । तर अपराह्न ४ बजेसम्म सुरू हुन सकेको छैन ।

प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update