
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो बढेको छ । गत बिहीबारदेखि घट्दो क्रममा रहेको नेप्से बुधबार भने बढेको हो ।
नेप्से १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि बढेको छ ।
मंगलबार ६ अर्ब ५२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार ८ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ६ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३२३ वटा धितोपत्रको दुई करोड सात लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ । यस्तै दुई कम्पनी स्थिर रहेको छ ।यसदिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंक र पियोर इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
बराही हाइड्रोपावरको मूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ । यसैगरी, दिव्यश्वरी हाइड्रोपावरको मूल्य ४.८४ प्रतिशतले घटेको छ ।
बुधबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको बढेको छ भने बाँकी चार समूहको परिसूचक घटेको छ ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ ।