NRN
बुधबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार दुई हजार पाँच रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update