
प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई स्थगित गरिएको हो ।
मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको थियो । बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
प्रतिपक्षीको अडानबीच बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । पछि सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि स्थगित गरियो र सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे ।
सभामुखले सदनको अवरोध खुलाउन प्रमुख दलका सचेतकहरूसँग छलफल गरेपनि आज संसद् पुनः बस्न सकेन ।गतिरोध अन्त्य हुन नसकेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।