NRN
विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं नियुक्त

-राजन घिमिरे
मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । यसअघि पनि हुमागाईंले उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हाली सक्नुभएको छ ।

व्यावसायिक कार्य योजना, प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्च अंक प्राप्त गर्ने तीनजनाको नाम सिफारिश समितिले मन्त्रिपरिषद्मा पेश गरेको थियो । जसमा सर्वोत्कृष्ट अंक ल्याउन सफल हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिनुभयो ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईंले २०७७ सालमा विज्ञापन बोर्डको अध्यक्षको लागि भएको प्रतिस्पर्धामा समेत सबै प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष नियुक्त हुनुभएको थियो ।

विज्ञापन बोर्डको अध्यक्षको रुपमा २०७७ साल चैत २० गते बोर्डको नेतृत्व सम्हालि सक्नुभएका हुमागाईंले ४ वर्षमा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा संशोधन गरी सञ्चार माध्यमको विलको आधारमा मात्र विज्ञापन एजेन्सीलाई विज्ञापनको रकम भुक्तानी गर्नु पर्ने ब्यवस्था मिलाउनु भएको थियो । जसका कारण विज्ञापन बजारमा रहेको चुहावट रोक्न उहाँले गरेको प्रयास निकै सफल रहेको मानिन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update