NRN
राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेललाई  उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार भेट भएको हो ।

अर्थमन्त्रीले भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार ब्रिफिङ गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update