मंगलबार घट्यो सुन–चाँदी मूल्य, कतिमा हुँदैछ कारोबार ?
                        
                        
                                                
                                            -1748151673.jpg) 
                                                                    नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदी मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:१७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    