NRN
करिब ६६ अंक  बढेको बजार अन्तमा २.९७ अंकले घटेर २६७७ विन्दुमा बन्द

सेयर बजार परिसूचक घटेर बन्द भएको छ । प्रि–ओपनिङ सेसन र कारोबारको पहिलो केही मिनेटभित्रै करिब ६६ अंक माथि पुगेको बजार अन्तमा २.९७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७ विन्दुमा झरेको छ । 

सोमबार नेप्से ७ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको छ । आज बजारमा ९२ कम्पनीको मूल्य बढ्दा १५५ कम्पनीको मूल्य घटेको छ । 

आज ३३७ वटा धितोपत्रको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच भएको छ । 

यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । यस्तै, उपकार लघुवित्तको मूल्य ६.१९ प्रतिशतले बढेको  छ।

गुराँस लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यसैगरी, बाराही हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले घटेको छ । 

सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ ।

आज बजारमा ओम मेगाश्री हाइड्रोपावरको मूल्य सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त र बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

बजारमा आज राधी जलविद्युत् कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update