नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता

नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ ।
सोमबार काठमाडौँको खुशिबूमा आयोजित एकीकरण समारोहमा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो
नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु रहेका छन् । यो पार्टीसँग एकता सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माओवादीका शीर्ष नेताहरु सहभागी थिए ।
माओवादीले आजै यसअघि नेसपा गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ १५:४१
प्रतिक्रिया दिनुहोस्