NRN
रास्वपाले ५१ दिनपछि गर्‍यो सुमनाको राजीनामा स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

सुमनाले विभिन्न विषयमा असन्तुष्टि दर्शाउँदै गत चैत १८ गते सभापति रवि लामिछानेसमक्ष राजीनामा बुझाएकी थिइन् । उनको राजीनामालाई अहिलेसम्म होल्डमा राखिएको थियो ।

एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् ।

श्रेष्ठले राजीनामामार्फत आफू सांसदका रूपमा सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरुलाई दिन चाहेको लगायत बताएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update