सोमबार सुनको मूल्य घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्