NRN
कोशीको नीति तथा कार्यक्रम बहुमतले पारित

कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबारको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

कोशी प्रदेशमा कांग्रेस–एमालेको दुईतिहाइ बहुमतको सरकार छ । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षी दलका दुई सांसद गोम्बु शेर्पा र खिनु लङ्वा लिम्बूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री कार्कीले बैठकमा जवाफ दिइसकेपछि सभामुख अम्बरबहादुर विष्टले संशोधन फिर्ता गर्न सांसद शेर्पालाई समय दिएका थिए ।

उनीहरूले फिर्ता लिन नमानेपछि संशोधनको प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो । अहिले प्रदेशसभामा आर्थिक मामिलामन्त्री रामबहादुर मगरले बजेटका सिद्धान्त र प्राथमिकता पेश गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update