
प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा रहन निर्देशन दिएका छन् ।
आइतबार नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ को प्रदर्शनको विपक्षमा उभिन कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' गर्ने तयारी गरेका छन् । राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा सुवेदी नेतृत्वले गर्न लागेको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायतको पनि साथ छ ।
राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको बताए ।