NRN
आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो । 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update