आज दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ ।
आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि चार वटा कार्यसूची तय गरिएको छ ।
बैठकमा सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा प्रतिशोधपूर्ण र झूटा रहेको बताउँदै सर्वोच्च अदालतको आदेश र आगामी प्रक्रियाबारे छलफल हुनेछ ।
त्यस्तै, अध्यागमनमा भिजिट भिसाको नाममा रकम असुलीबारे पनि छलफल हुनेछ । बैठकमा पार्टीको आगामी कार्यदिशा र महाधिवेशनलक्षित क्यालेन्डरबारे छलफल हुनेछ ।
यस्तै तेस्रो स्थापना दिवस (असार– ७) को कार्यक्रमबारे पनि आज छलफल हुने रास्वपाले बताएको छ ।
रास्वपाले शनिबार नै भर्चुअल बैठक राखेर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ ११:१७
प्रतिक्रिया दिनुहोस्