
नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासंघको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह पोखराको अमरसिंह चौरमा हुनेछ भने बन्दसत्र पोखरा सभागृहमा हुने बताइएको छ ।
उद्घाटनलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक पदाधिकारी सङ्ख्या घटाइएको छ ।
साबिक १७ बाट घटाएर ९ बनाउन लागिएको छ । उमेर सीमा ४० वर्षमा सीमित गरिएको छ । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ समिति चयन गर्नेछ ।
नेतृत्वमा हालका अध्यक्ष क्षितिज थेबेसहित पाँच नेताले आकाङ्क्षा देखाएका छन् । उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरी अध्यक्ष बन्न इच्छुक छन् । तर यीमध्ये क्षितिज, महाराज र सुमनलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
नेतृत्वमा हालका अध्यक्ष क्षितिज थेबेसहित पाँच नेताले आकाङ्क्षा देखाएका छन् । उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरी अध्यक्ष बन्न इच्छुक छन् ।
महाधिवेशनले एक महिला उपाध्यक्षसहित दुई उपाध्यक्ष चयन गर्नेछ । खुला उपाध्यक्षमा राकेश राई, ध्रुव खड्का, मोबिन आलम, राजन थापा, बलराम बेलबासेको चर्चा छ भने महिला उपाध्यक्षमा शारदा पछाईं, निशा लिम्बु, रेसु तामाङ र अनुपमा राई चर्चामा छन् ।
महासचिव पदमा उपमहासचिव र सचिवहरूमध्ये धेरैले आकाङ्क्षा देखाएका छन् । राजन थापा, निरोज पौडेल, खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईं रेसमा छन् ।