NRN
गृहमन्त्री लेखकको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस्

गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताएका छन् ।

जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषध नियन्त्रण जरुरी रहेको बताएका हुन् । 

सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको उनले बताए ।

उनले देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा आएको बताए । 

लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई उनले निर्देशन दिए । गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो सर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update