NRN
शुक्रबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार पाँच सय रूपैयाँ पुगेको थियो । 

यसैगरी, बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार पाँच रूपैयाँ कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update