
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १९.१४ अङ्कले बढेको छ ।
आज नेप्से १९.४० अंकले बढेर २६८८.९१ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम भने केही घटेको छ ।
बुधबार १० अर्ब ६९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ९ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८७ करोड रूपैयाँ कमी आएको हो ।
आज ३१४ वटा धितोपत्रको दुई करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ वटाको घटेको छ यस्तै, एक कम्पनी स्थिर रहेको छ ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने एनआइसी एसिया बैंकको मूल्य ८.११ प्रतिशतले बढेको छ ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशतले घटेको छ ।