
काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरीचैत २९ गते बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौं ल्याइएको हो ।
व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।