NRN
बिहीबार नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो ।

बुधबार सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।

बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update