-1747650753.jpg)
मंगलबार राष्ट्र बैंकका गभर्नर नियुक्तिको खबरले बढेको बजार बुधबार ७.९४ अंकले घटेको छ ।
लगानीकर्ताहरूको मनोविज्ञान प्रतिविम्बित हुने सेयर बजार गभर्नर नियुक्तिसँगै बुधबार ९० अंकसम्म बढेको थियो । केही समयमै लगानीकर्ताको मनोविज्ञान सम्हालिन थाल्यो । तर बजार बन्द हुँदा भने नेप्से ७ अंकले घट्यो ।
नेप्से २६६९.५१ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम भने बढेको छ ।
मंगलबार सात अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १० अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ३८ करोड रूपैयाँ वृद्धि आएको हो ।
आज ३१६ वटा धितोपत्रको दुई करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच भएको छ । बुधबार ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ । यस्तै, एक कम्पनी स्थिर रहेको छ ।
बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।