NRN
विद्यार्थी भिसामा जापान जाने विद्यार्थीलाई सेन्ट्रल कलेजले दिने भयो ५० प्रतिशत छुट

- राजन घिमिरे

उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीका लागि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले बिशेष छुट दिने भएको छ ।

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर कलेजले यस्तो घोषणा गरेको हो ।

जापानमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीबाट कलेजले लिदै आएको सेवा शुल्कमा पचास प्रतिशत छुट दिने घोषणा कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले गरेका छन् ।

पौडेलको भनाई छ -‘ विभिन्न संघसंस्थाहरु आमा समुह, टोल विकास संस्था, खेलकुदका क्लव तथा आबद्ध संघ संस्थाहरु, व्यवसायीक संघसंस्थाहरु, ट्युसन कोचिङ सेन्टर र कम्प्युटर पढाउने संस्था, ड्राइभिङ स्कुल, बचत संस्था, स्थानीय जनप्रतिनिधि, स्कुल, कलेज लगायतका शैक्षिक संस्था, होटल र पर्यटन सम्बन्धि संघसंस्थाहरु, मिडिया हाउस र कलाकार तथा पत्रकारका संघसंस्थाबाट बाट सिफारिस लिएर आउने विद्यार्थीले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ -‘ । पौडेलले अगाडि बताए -‘ दलित, जनजाति, मधेशी र पछाडि परेको समुदायले पनि सिफारिसबाट यो सुविधा लिन पाउनुहुनेछ -‘ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update