मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
                        
                        
                                                
                                             
                                                                    नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ भने चाँदी घटेको छ ।
सोमबार प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ ।
सोमबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:५०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    