-1747650753.jpg)
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । गत बिहीबारदेखि घट्दो क्रममा रहेको नेप्से सोमबार अर्थात् आज सातौं दिन भने बढेको हो ।
नेप्से १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम भने घटेको छ ।
आइतबार आठ अर्ब ५० करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार सात अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १५ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२४ वटा धितोपत्रको एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ । यस्तै, दुई कम्पनी स्थिर रहेको छ ।यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
यस्तै, सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र तेह्रथुम पावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । छ्याङ्दी हाइड्रोपावरको मूल्य ४.४० प्रतिशतले घटेको छ ।
सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।