पूर्वराष्ट्रपति विद्या भण्डारी एक साताका लागि चीन जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जान लागेकी हुन् ।
काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतका अनुसार जेठ १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछिन् ।
पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू पनि रहनेछन् । भ्रमणको कार्यतालिका नबनिसकेकोले को-को नेता सहभागी हुने निश्चित भइसकेको छैन ।
एक साता लामो भ्रमणको क्रममा चिनियाँ सरकारी र चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरू भेटवार्ता हुने बताइएको छ ।
उनी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १५:३५
प्रतिक्रिया दिनुहोस्