NRN
लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दा प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको संयुक्त इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।

यसअघि पटक-पटक हेर्न नमिल्नेमा परेर सुनवाइ स्थगित हुँदै आएको थियो । ६ पटक पेशीमा चढेकोमा ५ पटक हेर्न नमिल्नेमा परेको थियो भने एक पटकमात्रै सुनवाइ भएको छ ।

बन्दी प्रत्यक्षीकरणजस्तो सम्वेदनशील मुद्दामा पनि ढिलासुस्ती भइरहेको भन्दै रविका कानून व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।

लामिछाने हाल भैरहवा कारागारमा छन् । सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update