NRN
सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ बढेको हो । 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update