
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ ।
गत बिहीबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो ।
नप्से २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम भने बढेको छ ।
बिहीबार सात अर्ब आठ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार आठ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४२ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०९ वटा धितोपत्रको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ । यस्तै, एउटा कम्पनी स्थिर रहेको छ ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.७८ प्रतिशतले घटेको छ । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ७.५८ प्रतिशतले घटेको छ ।
आइतबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।