NRN
सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित

आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । 

विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभामा उत्पति भएको हो ।

विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update