
कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । बैठक दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।
मन्त्रीपरिषद्को बैठकले गत वैशाख २४ गते बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान गरेका हुन् ।
बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन हुनेछन् ।
त्यस्तै, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल गर्ने र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको छ ।
यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।