आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर
                        
                        
                                                
                                            -1747029175.jpg) 
                                                                    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन अर्थात् आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:५५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    