
मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नप्से १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार नौ अर्ब ६३ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५७ करोड रूपैयाँ कमी आएको हो ।
आज ३१४ वटा धितोपत्रको दुई करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटाको घटेको छ । यस्तै, एउटा कम्पनी स्थिर रहेको छ ।
यसदिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ ।
गुराँस लघुवित्तको मूल्य सर्वाधिक ७.९३ प्रतिशतले घटेको छ । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.३९ प्रतिशतले घटेको छ ।
मंगलबार युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।