NRN
महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ । 

२५ गते अधिवक्ता नवीन धितालले दायर गरेको रिट आइतबार सर्वोच्च अदालतमा दर्ता भएको थियो । आजका लागि पेसी तोकिएकोमा न्यायाधीश शर्माको इजलासमा सुनुवाइ हुने भएको हो । 

पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको धितालले रिटमा उल्लेख गरेका छन् ।

अधिवक्ता नवीन धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल, महाप्रसाद अधिकारी, समितिको सचिवालय र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

गभर्नर अधिकारी गत चैत २४ गते उमेरहदका कारणले अवकाश पाएका थिए । तर त्यसअघि नै समिति गठन भएको थियो ।

समितिको बैठक बस्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका दिए । त्यसपछि समितिमा अधिकारीलाई नियुक्ति दिइएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update