मंगलबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, तोलाको कति ?
                        
                        
                                                
                                             
                                                                    नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला दुई हजार रूपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ११:५०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    