एकैदिन तोलामा ३७ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
                        
                        
                                                
                                            -1747029175.jpg) 
                                                                    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
आइतबार प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो ।
त्यसैगरी, आइतबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:३९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    