NRN
२५६९ औँ बुद्धजयन्ती मनाउन लुम्बिनी पुगे प्रधानमन्त्री ओली

बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९ औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ ।

समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ ।

बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि विभिन्न कार्यक्रम गरिँदै छन् ।

मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update