NRN
आइतबार दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नप्से ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम पनि घटेको छ । 

बिहीबार ११ अर्ब ६५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब २० करोडको कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४५ करोड रूपैयाँ कमी आएको हो ।

आज ३०० वटा धितोपत्रको दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भएको छ । आइतबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ । 

यसदिन पाँच कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोपावर ९.९९ प्रतिशतले बढेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

आइतबार सिन्धु विकास बैंकको मूल्य सर्वाधिक ७.४५ प्रतिशतले घटेको छ । यस्तै, गुहेश्वरी मर्चेन्टको मूल्य ५.६६ प्रतिशतले घटेको छ । 

आइतबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update