यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द

यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ ।
यहि वैशाख २५ गते बिहिबारदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जानकारी दिएको छ ।
समस्या समाधानको काम भइरहेको विभागले जनाएको छ । अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १४:००
प्रतिक्रिया दिनुहोस्