आइतबार सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कति ?
                        
                        
                                                
                                             
                                                                    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा सुन यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    